काठमाडाैं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको चलखेलबारे छानबिन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ।
मंगलबार नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाटका क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । राज्य व्यवस्था तथा सुशासन समितिले २०८२ साल जेठ २ गतेका दिन निजामति विधेयक सर्वसम्मतिले पारित गरेको थियो । सर्वसम्मतरुपमा निजामति विधेयक पारित गरेको भएपनि संसदबाट पारित हुँदै कुलिङ पिरियडमा चलखेल भएको छ । जसलाई लिएर छानविन समिति बनाउनुपर्ने माग राजनीतिक दलहरुले गरिरहेका छन् ।
यो संसदमाथिको प्रहार भएको बताउँदै यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरिरहेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको निजामति विधेयकमा राज्य व्यवस्थाले गरिएको कुलिङ पिरियडको सम्बन्धमा संसदमा पेश गर्दा मुल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको सम्बन्धमा रहेको विषय गम्भीर त्रुटी र अक्षम्य घटना भएको बताउनु भयो । कुलिङ अफ पिरियडलाई राख्नेगरी सच्याउन पनि राष्ट्रिय सभालाई अनुरोध गर्नुभयो ।
विधेयकमा निजामति कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्षको मिति पूरा नभइ कुनैपनि संवैधानिक र सरकारी नियुक्ति नपाउने व्यवस्था गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया