प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

308 Shares

दोहा। प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आइतबार भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरूबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो। 

भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी रहेका थिए।रासस