प्रधानमन्त्री ओलीद्वारा मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरण

285 Shares

काठमाडौँ । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरिएको छ । 

शनिबार काठमाडौंको नागार्जुन नगरपालिका ७ मा अधिकारीको शालिक र मनमोहन पार्कको उद्घाटन गरिएको हो । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको अर्धकदको शालिक अनावरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अधिकारीको शालिक अनावरण गर्दै उहाँको शालिकमा माल्यार्पणसमेत गर्नुभयो ।