दुई वटा संसदीय समितिका बैठक आज बस्दै

263 Shares

काठमाडौँ । आज दुई वटा संसदीय समितिका बैठक बस्दैछन् । 

जसअन्तर्गत बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।