प्रतिनिधि सभाको बैठक आज बस्दै, के छ कार्यसूची ?

324 Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ।

यस्तै, ‘ नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पारित गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउनु हुने सम्भावित कार्यक्रम छ। संयुक्त राष्ट्र सङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदैछन् ।