काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि भएको बताउनुभएको छ।
१९ औं विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मल्ल र शाह कालमा पनि हजारौँ हजार संस्कृतिका ग्रन्थहरु रचना भएबाट र वर्तमानमा पनि संस्कृतिका अनेक ग्रन्थ रचना भएबाट पनि यस कुराको पुष्टि हुने उल्लेख गर्नुभयो । उहाँले नेपाल प्राचिनकालदेखि नै ऋषि महर्षिहरुको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहेको बताउनु भयो ।
महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरुको दर्शन पाउनुभएको बताउनु भयो । वाल्मिकीको जीवन र वेदव्यासको जन्म यसै भूमिमा भएको कुरा अनेक ग्रन्थहरुमा पाउन सकिने बताउनु भयो । राजर्षी जनक, पाणिनी, वेदव्यास, बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको बताउनु भयो ।
राष्ट्रपति पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभइ विश्वकै सम्पती बनेको बताउनु भयो । संस्कृत भाषालाई सीमाकरण गर्दा विस्तार हुनबाट रोकिएको बताउनु भयो । संस्कृतमा रहेका पुँजी विश्वले खोजिरहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया