नारायणगढ–मुग्लिन सडक सञ्चालन, नियमितरूपमा दुईतर्फी सवारी आवतजावत

348 Shares

मुग्लिन । नारायणगढ-मुग्लिन सडकखण्ड आज दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले नियमितरूपमा दुईतर्फी सवारी साधन आवतजावत गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकाेमा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।

कुनै पनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा झारिएको उनले जानकारी दिए ।

ढुङ्गा झरिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इन्जिनियर कृष्ण आचार्यले बताए । बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्नका कार्यालयले अनुरोध गरेको थियो ।रासस