मलको हाहाकार छ: मन्त्री अधिकारी

362 Shares

काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताउनुभएको छ । 

नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मलको हाहाकार रहेको र भइरहने पनि बताउनु भयो । उहाँले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताउनु भयो । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्याउनसक्ने स्थिति नरहेको बताउनु भयो । उदारो दुध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उहाँले दुःखेसो गर्नुभयो ।

मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बीमा लगायतका धेरै समस्याहरु रहेको बताउनु भयो ।