काठमाडौं । २०८२ साल आषाढ १० गते मंगलबार । तदनुसार २४ जुन २०२५ चतुर्दशी तिथी ३३३ घडी १६ पला उप्रान्त औंशी तिथी प्रारम्भ हुनेछ । रोहोणी नक्षत्र १८ घडी ५९ पला उप्रान्त मृगशिरा नक्षत्र प्रारम्भ हुनेछ । शुल योग भर करण आज बिहान सूर्योदय ५ः११ मा भयो भने सूर्यास्त ७:१ मिनेटमा हुनेछ। आज मंगलबार चन्द्रमा बृष राशिमा ।
मेष राशि
दाम्पत्य जीवनमा कलह बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । अनावश्यकरुपमा खर्चको मात्रा बढेर जानेछ। बाेलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना रहेको छ ।
वृष राशि
मानसम्मान पाइने योग रहेको छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । धार्मिक कार्यमा समय व्यतीत हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
मिथुन राशि
अनावश्यकरूपमा खर्चको मात्रा बढेर जाने देखिन्छ । पठनपाठनमा बाधा आउने योग छ। स्वास्थ्यमा उत्तरचढाव आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ। सजगताका साथ अगाडि बढ्नुहोला ।
कर्कट राशि
शैक्षिक कार्यमा सफलता पाइने योग छ । धार्मिक कर्मतर्फ मन जानेछ। नयाँ कार्यको थालनी हुनाका साथै प्रेमी-प्रेमिकाबीच माधुर्यता छाउने छ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ ।
सिंह राशि
जग्गा जमिनसम्बन्धी काममा घाटा बेहोर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । धार्मिक क्षेत्रमा केही मनमुटावको सिर्जना हुने देखिन्छ, विचार पुर्याउनुहोला ।
कन्या राशि
आयमा कमी विद्यामा बाधा आउनाले मानसिक तनाव बढेर जानेछ । चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । पठनपाठनमा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।
तुला राशि
अधुरा कामहरू पूरा भएर जाने देखिन्छ । पठनपाठनमा सफलता पाइने योग छ । शैक्षिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । व्यवसायमा पर्याप्त सफलताले सबैको प्यारो भनिनेछ ।
वृश्चिक राशि
जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखनशैलीमा तीव्रता आउनुका साथै भोजभतेरमा समेत सहभागी हुने अवसर जुट्ने देखिन्छ ।
धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । पारिवारिक कलह बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्ने योग छ।
मकर राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । दाजुभाइमा कलह बढेर जानेछ। अनावश्यक खर्चको मात्रा बढेर जाने देखिन्छ । पठनपाठनमा बाधा आउनाले मानसिक तनाव बढ्ने देखिन्छ ।
कुम्भ राशि
वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। बोलीमा मिठास छाउनेछ। लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउनाले खुसी छाउनेछ।
मीन राशि
न्यायिक कार्यमा तपाईँ कै जित हुने देखिन्छ । पतिपत्नीबीच माधुर्यता छाउनेछ। आफन्तको सहयोगले नयाँ कार्यको थालनी हुनाले ठूला व्यक्तिको प्रशंसनीय भइने छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया