काठमाडाैँ । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले डेंगुको प्रकोप दिनानुदिन बढ्दै गएकोले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
यसैगरी राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद उदयबहादुर बोहोराले पनि डेंगु प्रकोप नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशभर ७३ जिल्लामा डेंगु संक्रमितको संख्या एक हजार चार सय तीन पुगिसकेको बताउँदै महामारीको रुप लिनुअघि नै नियन्त्रणमा प्रभावकारी काम गरिनुपर्नेमा जोड दिनुभयो ।
सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले डेंगुले महामारीको रुप लिनुअगावै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले रोग नियन्त्रणका लागि तीनै तहका सरकारका अतिरिक्त स्थानीय स्वास्थ्य संस्था, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारीलगायत आम नागरिकसमेतको सहभागितामा डेंगु नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो । जनस्वास्थ्य विभागको निगरानीमा रोकथामका कार्यक्रम तिब्र बनाउन माग गर्दै उहाँले संक्रमितलाई सहजा र सरल उपचार व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले काठमाडौंमा मात्र १ सय ५६ जना संक्रमित देखिएको बताउँदै गतवर्ष पनि ३४ हजार संक्रमित भएको र १३ जनाले मृत्युवरण गर्नुपरेको स्मरणसमेत गराउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया