काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि शान्तिको बाटोमा इरान नगए थप सैन्य आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ ।
ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो । अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक सुविधाहरू, फोर्डो, नातान्ज र एस्फहानमा ठूलो सटीक आक्रमण गरेको बताउँदै आफूहरुको उद्देश्य इरानको आणविक संवर्द्धन क्षमताको विनाश र आणविक खतरालाई रोक्नु रहेको जिकिर गर्नुभयो । इरानले अब शान्तिको बाटोमा जानुपर्ने उहाँको भनाइ छ ।
इरानको राज्य प्रशारकका उप–राजनीतिक निर्देशक हसन अबेदिनीले इरानले केही समयअघि यी तीन आणविक स्थलहरू खाली गरिसकेको बताउनुभएको छ । जसकारण इरानले ठूलो क्षति व्यहोर्नु नपरेको बताउनु भयो ।सिन्ह्वा
फेसबुकबाट तपाईको प्रतिक्रिया