२०८२ साल आषाढ ९ गते सोमबारः  यस्ताे छ आजकाे राशिफल

292 Shares

काठमाडाैं । २०८२ साल आषाढ ९ गते सोमबार । तदनुसार २३ जुन २०२५ त्रयोदशी तिथी ३७ घडी ५५ पला उप्रान्त चतुर्दशी तिथी प्रारम्भ  हुनेछ । कृतिका नक्षत्र २२ घडी ४४ पला उप्रान्त रोहिणी  नक्षत्र प्रारम्भ हुनेछ । धृति योग गर करण आज बिहान सूर्योदय ५ः११ मा भयो भने सूर्यास्त ७:१ मिनेटमा हुनेछ । आज सोमबार चन्द्रमा बृष राशिमा ।

मेष राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । विपरीत लिङ्गीबाट कष्टता पाइने योग छ। अनावश्यक विवाद बढेर जानेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मनमा चिन्ता बढेर जाने देखिन्छ।

वृष राशि
सौन्दर्यतामा मन जानेछ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखनशैलीमाथि तिव्रता आउनेछ। पारिवारिक सहयोगले गर्दा नयाँ कार्यको थालनी हुनाले मनमा खुशी छाउनेछ ।

मिथुन राशि
लेखनशैलीमाथि व्रता आउनेछ । नयाँ साथीको आगमनले मनमा खुसी छाउनुका साथै नयाँ कार्यको थालनीसमेत हुने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।

कर्कट राशि 
झुट्टा आरोपको सामना गर्नुपर्नेछ । साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ। न्यायिक क्षेत्रमा बाधा आउनुका साथै मानसम्मानमा आघात पुग्नाले मानसिक तनाव बढेर जानेछ।

सिंह राशि
जग्गा जमिनसम्बन्धी विषयमा विवाद बढेर जानेछ। साझेदारी काममा बाधा आउने देखिन्छ। विश्वास गरेका साथीभाइबाट जाने देखिन्छ।

कन्या राशि
सवारी साधनबाट जोगिनुपर्नेछ । मान्यजनमा विवाद बढेर जाने देखिन्छ। परिवारमा अनावश्यक कलह बढेर जानाले मानसिक तनाव बढेर जाने देखिन्छ सजग रहनुपर्ने योग छ।

तुला राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ ।सामाजिक काममा समय व्यतित् हुनाले मनमा खुसी छाउने छ । भोज भतेरमा सहभागी भइनेछ।

वृश्चिक राशि
बोलीको प्रभाव बढेर जानेछ । न्यायिक काममा तपाईंकै जित हुने देखिन्छ । लेखनशैलीमा तिव्रता छाउनुका साथै स्वास्थ्यमा सुधार भएर जानेछ।

धनु राशि
अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ। कुराकानीहरू सक्रिय रहनेछन् ।राज्यपक्षबाट समेत कष्टता पाइने योग छ। चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ।

मकर राशि
अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ। सामाजिक कार्यमा विवाद बढेर जानेछ ।बोलीमा आएको कठोरताले हातमा गरेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ।

कुम्भ राशि
मानसम्मान पाइने योग छ। व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसानीय भइनेछ।

मीन राशि
आय आर्जनमा वृद्धि भएर जानेछ। लेखनशैलीमा तीव्रता आउनेछ । स्वास्थ्यमा सुधार भएर जानुका साथै फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ।