सांसद अमरेशकुमार सिंहले बोल्नुभएको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन

328 Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह बोल्दाबोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ती जनाउनुभएको छ। 

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद सिंहले सरकारले ५ वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ती जनाउनुभएको हो । साथै, उहाँले ५ जिल्लालाई नेपालमा राखेर अन्य जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने बताउनुभएको थियो । 

सांसद अमरेशको भनाइ रोक्दै एमालेका प्रमुख सचेतक बर्तौलाले बीचमा रोक्दै नियमापत्ती जनाउनु भयो । बर्तौलाले संसदको रोष्टमबाट आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गर्नुभयो । उहाँले उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन मात्रै नभएर अन्य कारबाही गर्नुपर्ने बताउनु भयो । 

त्यसपछि, सभामुख देवराज घिमिरेले सांसद सिंहले अरु मुलुकको नाम लिएर नेपालको भूमीलाई दिए हुन्छ भनेर बोलेको विषयलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । सो पश्चात संसदमा सभामुख घिमिरे, सांसद सिंह र एमाले सचेतक बर्तौलाबीच सवालजवाफ चलेको थियो ।