काठमाडौं । २०८२ साल असार ४ गते बुधबार । तदनुसार १८ जुन २०२५ सप्तमी तिथी १३ घडी ४० पला उप्रान्त अष्टमी तिथी प्रारम्भ हुनेछ । पूर्वभाद्र नक्षत्र ४२ घडी ८ पला उप्रान्त उत्तरभाद्र नक्षत्र प्रारम्भ हुनेछ । बिषकुम्भ योग बायभ करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ७ बजे हुनेछ। आज बुधबार चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । सामाजिक कार्यमा समय व्यतित हुनेछ। आकस्मिकरुपमा पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्।
वृष राशि
शैक्षिक क्षेत्रमा बाधा आउनेछ । गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ । प्रेमी प्रेमिकाबीच मनमुटावको सिर्जना हुने देखिन्छ । स्वास्थ्यमा गडबढ आउने योग छ।
मिथुन राशि
झुठा आरोपको सामना गर्नुपर्नेछ । स्थायी सम्पत्तिमा वादविवाद बढेर जानेछ । लामो समयदेखि गरिरहेको काममा बाधा आउने देखिन्छ । प्रेमी प्रेमिकाबीच कलह बढेर जाने देखिन्छ।
कर्कट राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ । लेखन शैलीमा तीव्रता आउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ।
सिंह राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । प्रशासनिक काममा सुधार भएर जानेछ । नयाँ कार्यमा तपाईंकै जित हुने देखिन्छ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ।
कन्या राशि
गरिरहेको काममा बाधा आउनेछ । व्यवसायमा घाटा बेहोर्नुपर्ने देखिन्छ । मुद्दा मामिलामा फसिने योग छ। विश्वास गरेका साथीभाइबाट धोका हुने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।
तुला राशि
पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । राज्यपक्षबाट कष्टता पाइने योग छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ।
वृश्चिक राशि
धार्मिक कार्यमा सहभागी भइनेछ । शैक्षिक क्षेत्रमा उन्नति भएर जाने देखिन्छ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ । भोजभतेरमा सहभागी भइनेछ।
धनु राशि
शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। नयाँ कार्यको थालनी हुनाले सबैको विश्वास जित्न सकिनेछ।
मकर राशि
थोरै कुरामा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । काममा बाधा आउनेछ। शारीरिक आलस्यता बढेर जानेछ । नशासम्बन्धी समस्याले सताउने देखिन्छ।
कुम्भ राशि
सामाजिक काममा भएको लगनशीलताले सबैको विश्वास जित्न सकिनेछ। लेखन शैलीमाथि तिव्रता आउनेछ । व्यवसायमा वृद्धि हुनाले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
मीन राशि
आफन्तमा कलह बढेर जानेछ । मानसम्मानमा आघात पुग्नेछ। जागिरमा अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । थोरै कुरामा वादविवादको सामना गर्नुपर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया