काठमाडाैं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदमा देखाएको विरोध शैलीप्रति आपत्ती जनाउनुभएको छ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले रास्वपाका कारण सांसद हुँ भनेर हिँड्न पनि लाज लाग्ने अवस्था आएको टिप्पणी गर्नुभएको हो । विरोधको नाममा रास्वपाका सांसदहरूले अपनाएको शैलीले आफूहरुलाई समेत संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था सिर्जना भएको प्रमुख सचेतक बर्तौलाको भनाइ छ । उहाँले रास्वपाको माग र मुद्दाबारे आफ्नो केही टिप्पणी नभएपनि संसदमा विरोध गर्दा न्युनतम मर्यादाभित्र रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार संसदलाई अगाडि बढाउनको लागि दलहरुबीचमा सहमतिको वातावरण बनाउन दलहरुलाई सभामुख देवराज घिमिरेले आग्रह गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया