453
Shares
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
साेमबार बेलुका आर्यभञ्ज्याङबाट रामपुरका लागि छुटेको लु १ च ६७५६ नम्बरको जीप वीरकोटको आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकमा दुर्घटना भएको हो ।
दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उपमहानगर–११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम/थर नखुलेका ४५ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।
दुर्घटनामा चालक बुटवल उपमहानगर–११ का ३० वर्षीय राजु खड्का घाइते हुनुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया