काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हुनेलाई हुने र नहुनेलाई नहुने भन्ने अभियान सञ्चालन गर्न जरुरी भएको बताउनुभएको छ।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपालको सहकार्यमा आयोजित विकासका लागि संस्कृति विषयक विचार गोष्ठीमा मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले योजना निर्माणका समयमा आउने वडाध्यक्षदेखि भ्रातृ संस्थाको सदस्यले ल्याएको योजनामा पनि हुन्छ भन्ने परिपाटीका कारण योजना बनाउने भन्दापनि माग्ने संस्कृति बढेको बताउनु भयो ।
अगाडि हुँदा हुन्छ भनिदिने संस्कृतिका कारण योजना माग्नेपनि धोकामा रहने र हुन्छ भनेर बचन दिने व्यक्तिले पनि अनावश्यक बोझ बोकेर पनि टुंगोमा पुर्याउन नसक्दा राम्रो गरिरहेपनि नराम्रो हुने प्रवृत्ति बढेको उहाँको भनाई थियो । उहाँले हुँदैन भन्ने मान्छे गलत नभएर नहुने कामलाई हुँदैन भन्ने मान्छे ठीक भन्ने संस्कृति विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले तीन तहको सरकारबीच समन्वय हुन नसक्दा नेपालमा भएका कुराहरु विश्वसामु परिचित गराउन नसकिएकोले तीनै तहको सरकारबीच समन्वय र सहकार्यमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया