काठमाडाैं । २०८२ साल असार ३ गते मंगलबार । तदनुसार १७ जुन २०२५ । षष्ठी तिथी १७ घडी ४७ पला उप्रान्त सप्तमी तिथी प्रारम्भ हुनेछ । शतभिषा नक्षत्र ४४ घडी ५२ पला उप्रान्त पूर्वभाद्र नक्षत्र प्रारम्भ हुनेछ । बैभव योग भर करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ७ बजे हुनेछ।
मेष राशि
पठनपाठनमा सफलता पाइने योग छ । शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ । दाजुभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।
वृष राशि
आयमा कमी आउनेछ । बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । स्वास्थ्यमा गडबड आउने देखिन्छ । खानपानमा विचार पुर्याउनुहोला ।
मिथुन राशि
दाजुभाइमा कलह बढेर जाने छ। पारिवारिक मनमुटावले सताउने देखिन्छ । शेयर कारोबारमा घाटा हुनाका साथै शैक्षिक क्षेत्रमा समेत बाधा आउने देखिन्छ ।
कर्कट राशि
बोलीको प्रभाव बढेर जानेछ । सामाजिक उत्तरदायित्वमा वृद्धि भएर जाने देखिन्छ। शत्रु पक्षबाट तपाईंकै जित हुनाका साथै धनमाल जोडिने योग रहेको छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
सिंह राशि
यात्राको अवसर जुट्नेछ । व्यापार व्यवसायमा राम्रै आम्दानी गर्न सकिनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ ।
कन्या राशि
धनमाल हराउन सक्ने सम्भावना रहेको छ । गरिरहेको काममा बाधा आउनेछ। काममा ढिला सुस्ती भएर जानेछ।
तुला राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । बोलीमा कठोरता आउनेछ । आर्थिक लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने योग छ। सजगताका साथ अगाडि बढ्नुहोला ।
वृश्चिक राशि
पराक्रममा वृद्धि भएर जानेछ । स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ।
धनु राशि
जग्गा जमिनबाट मनज्ञ लाभ लिन सकिनेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनका साथै पारिवारिक साथ सहयोगले नयाँ कार्यको थालनी हुनेछ ।
मकर राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । आयमा कमी, विद्यामा बाधा स्वास्थ्यमा उत्तरचढाव आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । वैदेशिक कार्यबाट असफलता पाइने योग रहेको छ।
कुम्भ राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्नेछ। लेखनशैलीमा कमी आउनेछ। चौपायाबाट हानी बेहोर्नुपर्नेछ । नशासम्बन्धी समस्याले नसताउला भन्न सकिँदैन।
मीन राशि
दाजुभाइमा मनमुटावको सिर्जना हुनेछ । न्यायिक कार्यमा बाधा आउनेछ। विश्वास गरेका साथीभाइबाट धोका पाउनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया