टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा आज नेपाल नेदरल्याण्ड्ससँग भिड्दै

327 Shares

काठमाडौँ । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा सोमबार नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ।

जुन २० सम्म खेलिने यो शृङ्खलामा नेपाल र नेदरल्याण्ड्सबाहेक आयोजकका रूपमा स्कटल्याण्ड सहभागी छ। आइतबार ग्लासगोमा भएको पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्ड्स भिडेका थिए । खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो । स्कटल्याण्डले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य पछ्याउँदा नेदरल्याण्ड्स १८१ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा समेटियो ।

यता, नेपाल र नेदरल्याण्ड्सबीच खेलिएका पछिल्ला ३ खेलमध्ये २ मा नेदरल्याण्ड्स र १ मा नेपालले जित हात पारेको थियो । 

नेपालले दोस्रो खेलमा मंगलबार आयोजक स्कटल्याण्डसँग भिड्नेछ । त्यसपछि बिहीबार (जुन १९ ) मा नेपाल र नेदरल्याण्ड्स पुनः आमनेसामने हुनेछन् । शुक्रबार (२० जुन) मा नेपालले स्कटल्याण्डको सामना गर्नेछ ।