काठमाडाैं । २०८२ साल असार २ गते सोमबार । तदनुसार १६ जुन २०२५ पञ्जमी तिथी २० घडी ५७ पला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ । धनिष्ठा नक्षत्र ४६ घडी २४ पला उप्रान्त शतभिषा नक्षत्र प्रारम्भ हुनेछ । ऐन्द्र योग गर करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ७ बजे हुनेछ। आज सोमबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
खर्चको मात्रा बढेर जानेछ । बोलीमा कठोरता आउने देखिन्छ । स्वास्थ्यमा उतारचढाव आउने छ भने शत्रु पक्षबाट जोगिनु पर्नेछ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ ।
वृष राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत क्षतिकाे सम्भावना बढेर जाने देखिन्छ । शैक्षिक क्षेत्रमा बाधा आउनुका साथै कुरा काट्नेहरु सक्रिय रहनेछन्।
मिथुन राशि
नयाँ योजनाहरूको थालनी हुनेछ । पारिवारिक सरसहयोगले काममा जोस जाँगर बढेर जानेछ। मान्यजनको हौसलाले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने छन् ।
कर्कट राशि
पारिवारिक सहयोगले नयाँ कार्यको थालनी हुनेछ। साझेदारी काममा सफलता प्राप्त हुने देखिन्छ । बौद्धिक क्षेत्रमा समय व्यतित हुनेछ। सिर्जनात्मक काममा लाग्ने देखिन्छ ।
सिंह राशि
बोलीमा कठोरता आउने देखिन्छ । पतिपत्नीबीच बैमनस्यता उत्पन्न हुनेछ । गरिरहेको काममा बाधा आउनेछ। आर्थिक क्षेत्रमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ।
कन्या राशि
मातृ सुखमा कमी आउनेछ। बोलीमा कठोरता आउनेछ। कार्यमा बाधा अध्ययन अध्यापनमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ। आर्थिक लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ ।
तुला राशि
सिर्जनात्मक काममा समय व्यतित हुनेछ । स्थानीय सम्पत्तिमा वृद्धि भएर जानेछ। न्यायिक क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ । आध्यात्मिक काममा समय व्यतीत हुने देखिन्छ ।
वृश्चिक राशि
कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । शत्रु पक्षबाट तपाईं कै जित हुने देखिन्छ । बोलीमा सुधार भएर जानेछ। सामाजिक कार्यमा मन जानाले मनमा उत्साह बढेर जानेछ ।
धनु राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ । सञ्चित धनको नाश हुने देखिन्छ । छालासम्बन्धी समस्याले सताउने देखिन्छ । अनावश्यक विवादको सामना गर्नुपर्नेछ ।
मकर राशि
तरल पदार्थबाट मनग्य लाभ लिन सकिनेछ। लेखन शैलीमा तीव्रता आउनेछ। आध्यात्मिक क्षेत्रमा सुधार भएर जानेछ। व्यापार व्यवसायमा सफलता प्राप्त हुनाले मनमा खुसी छाउनेछ।
कुम्भ राशि
वैदिक र शैक्षिक कार्यमा बाधा आउनेछ। मानसम्मानमा आघात पुग्नेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ।
मीन राशि
मानसम्मानमा वृद्धि भएर जानेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ । ठूला व्यक्तित्वको प्रशंसानीय भइनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया