काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योग्य, नैतिक र जिम्मेवार कर्मचारी छनोटमा लोकसेवा आयोगले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभएको छ।
आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आयोगले सात दशकभन्दा बढी समयदेखि मुलुकको स्थायी प्रशासन सञ्चालनका लागि स्वच्छ र दक्ष जनशक्ति छनोट गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले लोकसेवा आयोगलाई प्रेरित, उच्च नैतिकता भएको, अनुशासित र राष्ट्रप्रति सद्भाव राख्ने कर्मचारी छनोटमा अझ सजग र चनाखो हुन आग्रह गर्नुभयो ।
नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भए यता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष रहेको उहाँको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया