रास्वपा र राप्रपाको विरोधका बीच प्रतिनिधि सभा बैठक सञ्चालन

313 Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद अवरोध गरेको छ। 

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही शुरु गर्दा रास्वपा र राप्रपाले उभिएर विरोध जनाएको हो । 

सभामुख घिमिरेले नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिनुभएसँगै रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका छन् । अवरोधका बाबुजद संसद बैठक अहिले जारी छ ।