काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियराले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताउनुभएको छ।
सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको र प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताउनु भयो ।
सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको बताउनु भयो । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाई नभएको गुनासो रास्वपाको छ ।
उहाँले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको बताउनु भयो । सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको बताउनु भयो । आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया