संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्न सक्दैनौँः एमाले

272 Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताउनुभएको छ । 

सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदलाई लामो समय अनिर्णयको वन्धी बनाउन नसकिने भन्दै रास्वपाले जनताका मुद्दा संसदमा राख्न नदिने काम गरिरहेको बताउनु भयो । 

संसद आजबाट आफ्नो नियमावली अनुसार अघि बढ्ने बताउनु भयो । शोक प्रश्ताव राख्दा पनि वेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको जिकिर गर्नुभयो । सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भएपनि शोक प्रश्ताव राख्दासमेत विरोध गर्नुले संसदको मर्यादा गिराएको बताउनु भयो । अशोभनीय व्यवहार र प्रवृत्ति संसदमा देखिनु राम्रो नभएको बताउनु भयो । 

प्रमुख सचेतक बर्तौलाले संघीय निजामती लगायतका महत्वपूर्ण विधेयकहरु आजको संसद बैठकबाट अघि बढाइने जानकारी दिनुभयो ।