पाँचथरमा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते तीन जनाको मृत्यु

292 Shares

फिदिम । मेची राजमार्गको पाँचथर सडक खण्ड अन्तर्गत पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका ६ मध्ये तीन जना मजदुरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा  बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् । 

बेलिब्रिज भत्किएपछि गम्भीर घाइते भएका उनीहरूलाई  पाँचथर अस्पतालबाट थप उपचारका मोरङको  विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएकोमा  चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।  बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ । 

गत वर्ष असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै शनिबार बेलिब्रिज खसेको हो ।