काठमाडौँ। २०८२ साल आषाढ १ गतेआइतबार । तदनुसार १५ जुन २०२५ चतुर्थी तिथी २३ घडी २ पला उप्रान्त पञ्चमी तिथी प्रारम्भ हुनेछ । श्रवण नक्षत्र ४७ घडी ५ पला उप्रान्त धनिष्ठा नक्षत्र प्रारम्भ हुनेछ । ब्रह्म योग कौलव करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ६ः५९ मिनेटमा हुनेछ। आज आइतबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
पारिवारिक कलह बढेर जानेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। वैदेशिक कार्यमा बाधा आउने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका पाउनुका साथै शैक्षिक कार्यमा बाधा आउने देखिन्छ ।
वृष राशि
धर्मकर्मतर्फ मन जानेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। सौन्दर्यमा मन जानेछ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् ।
मिथुन राशि
बोलीमा सुधार भएर जानेछ । नयाँ कार्यको थालनीले मनमा उत्साह बढेर जाने देखिन्छ ।नयाँ वर्षको खरिद गरिने योग छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ ।
कर्कट राशि
सानो तिनो काममा बाधा आउनेछ। मुद्दा मामिलामा फस्ने योग छ। पैत्रिक सम्पत्तिमा विवाद बढेर जानेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। सजक रहनुहोला ।
सिंह राशि
पारिवारिक कलह बढेर जानेछ । अनावश्यक खर्चको मात्रा बढेर जाने देखिन्छ । लेनदेनमा विवाद बढेर जानुका साथै कुरा काट्नेहरू सक्रिय रहनेछन्। मात्रै स्वास्थ्यमा उतारचढाव आउनाले मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
पैत्रिक सम्पत्तिमा विवाद बढेर जानेछ। साथी भाइबाट आलोचित हुनुपर्ने देखिन्छ । स्वास्थ्यमा उत्तरचढाव आउनका साथै धनमाल हराउन सक्ने सम्भावना रहेको देखिन्छ।
तुला राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ ।
वृश्चिक राशि
सौन्दर्यमा मन जानेछ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। धार्मिक कार्यमा सहभागी भइनेछ। अधुरा कामहरू पूरा भएर जानेछन् । शैक्षिक क्षेत्रमा वृद्धि भएर जाने देखिन्छ ।
धनु राशि
थोरै कुरामा विवाद बढेर जानेछ। चोटपटकको सम्भावना रहेको देखिन्छ । आफन्तमा मनमुटावको सिर्जना हुनेछ। पशु तथा चौपायाबाट हानी हुनाले मनमा चिन्ता बढेर जानेछ।
मकर राशि
व्यापार व्यवसायमा घाटा भएर जानेछ। पठनपाठनमा असफलता मिल्नुका साथै दाजुभाइमा अनावश्यक विवाद बढेर जाने देखिन्छ । पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
कुम्भ राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बोलीमा सुधार भएर जानाले जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । धार्मिक कार्यमा समय व्यतीत हुने देखिन्छ।
मीन राशि
जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । न्यायिक कार्यमा तपाईंकै जित हुनुका साथै लामो समयदेखि रोकिएको काम पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जाने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया