बयानमा होइन, विज्ञानमा आधारित अनुसन्धान शुरु गर्नुपर्छः गृहमन्त्री

284 Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अब बयानमा आधारित नभइ विज्ञानमा आधारित अनुसन्धान शुरु गर्नुपर्ने बताउनुभएको छ ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढंगले गर्नुपर्ने बताउनु भयो ।

मुद्दामा पनि नयाँनयाँ चुनौतीहरु देखिरहेको उल्लेख गर्दै त्यसअनुसार नै अघि बढ्न जरुरी रहेको बताउनु भयो । अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको बताउनु भयो । साथै नयाँ चुनौतीहरु पपनि आइरहेकाले नयाँ चुनौती समाधान गर्नेगरी अनुसन्धान अघि बढाउन जरुरी रहेको बताउनु भयो । 

पुरानै प्रक्रिया र पद्धतिले अब अनुसन्धान सम्भव नरहेको बताउनु भयो । गृहमन्त्री लेखकले फौजदारी न्याय वा मुद्दासम्बन्धी व्यवस्था पनि धेरै फराकिलो हुँदै गएको बताउनु भयो ।