काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न गर्नुभएको छ।
शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । उहाँले नेताहरु राजनीतिक भाषण दिन जान्ने तर कुन कुन कानूनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको बताउनु भयो ।
भएका छलफल र सहमति कार्यान्वयनमा नलैजाने हो भने समितिमा छलफल गर्नुको कुनै अर्थ नहुने उहाँको भनाइ थियो । सांसद श्रेष्ठले हाल कायम रहेको विभिन्न खालका शिक्षकको मानक कहाँ हुने र शिक्षकहरुको मापिङ के ? भनेर पटक पटक तथ्यांक मागिएपनि अहिलेसम्म प्राप्त हुन नसकेको बताउनु भयो ।
उहाँले विभिन्न प्रकारका शिक्षकको समायोजनका विषयमा अझैपनि स्पष्टरुपमा उल्लेख हुन नसकेको दाबी गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया