काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरुले सकारात्मक सन्देश दिनसके मात्रै लोकप्रिय बनिने बताउनुभएको छ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आज सानो त्रुटीले मात्रै पनि निर्वाचनमा जनमत र पार्टीको लोकप्रियता घट्ने अवस्था रहेको उहाँले बताउनु भयो ।
यसबारेमा नेतृत्व गम्भीर बन्न नसकेको आरोप लगाउँदै उहाँले अहिलेको समय प्रविधिकरणको भएकाले भौतिकरुपमा भेटेरै सबै कुरा गर्नुपर्छ भन्ने नरहेको बताउनु भयो । काँग्रेस पार्टीको केन्द्रिय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरुमाथि टिका टिप्पणीहरु हुने वा नहुने स्थिती निर्माण हुने बताउनु भयो ।
मन्त्री पौडेलले निजी क्षेत्रलाई सम्पूर्णरुपमा बेवास्ता गरेर आर्थिक उन्नति गर्न नसकिने बताउनु भयो । आर्थिक विषय नजोडिएको राजनीतिक विषय हुन नसक्ने जिकिर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया