२०८२ साल जेठ ३१ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

296 Shares

काठमाडौं । २०८२ साल जेठ ३१ गते शनिबार, तदनुसार १४ जुन २०२५ । तृतीया  तिथी २३ घडी ५५ पला उप्रान्त चतुर्थी  तिथी प्रारम्भ  हुनेछ । उत्तरषाढा नक्षत्र ४६ घडी ३६ पला उप्रान्त श्रवण नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग बब करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ६ः५९ मिनेटमा हुनेछ । आज शनिबार चन्द्रमा मकर राशिमा ।

मेष राशि 
आँखासम्बन्धी समस्याले सताउने छ। रिसको मात्रा बढेर जाने देखिन्छ । झुटो आरोपको सामना गर्नुपर्ने देखिन्छ भने विश्वास गरेका साथीभाइबाट धोका पाइनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।

वृष राशि 
आयआर्जनमा वृद्धि भएर जानेछ। साथीभाइको सरसहयोगले गरिरहेको काममा सफलता प्राप्त हुनाका साथै शैक्षिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ । भोज भतेरमा सहभागी भइने योग छ।

मिथुन राशि 
कुरा काट्नेहरू सक्रिय रहनेछन् । अनावश्यकरूपमा चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । नाता कुटुम्बमा भएको विवादले गर्दा मानसिक तनाव बढेर जाने देखिन्छ ।

कर्कट राशि 
आर्थिक क्षेत्रमा सुधार भएर जानेछ । बोलीमा आएको मिठासले सबैको प्यारो बनिनेछ। जग्गा जमिनबाट प्राप्त लाभ दिन सकिनेछ। न्यायिक काममा तपाईंको जित हुने देखिन्छ ।

सिंह राशि 
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । मानसम्मानमा अघात पुग्नेछ। पठनपाठनमा बाधा आउनुका साथै वैदेशिक काममा घाटा बेहोर्नु पर्नाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।

कन्या राशि 
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। परिवारमा सानो कुरामा पनि विवादको सामना गर्नुपर्ने देखिन्छ । पठनपाठनमा कमी आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।

तुला राशि 
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बोलीमा प्रभाव बढेर जानेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ । 

वृश्चिक राशि 
मातृवत्सल्यमा कमी आउनेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ । मान सम्मानमा अघात पुग्ने देखिन्छ ।

धनु राशि 
बोलीमा प्रभाव बढेर जाने देखिन्छ । मान सम्मानमा वृद्धि भएर जानेछ। पठनपाठनमा सफलता मिल्नेछ। धार्मिक तीर्थ यात्राको अवसर मिल्नेछ। पारिवारिक सरसहयोगले काममा सफलता मिल्ने देखिन्छ ।

मकर राशि 
अनावश्यक धनलाभ मिल्नेछ । शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो दूरीको यात्राको अवसर जुट्ने देखिन्छ । मिष्ठान भोजनको अवसर मिल्नेछ । नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ ।

कुम्भ राशि 
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। स्थानीय धनको नाश हुनेछ । आयआर्जनमा कमी आउनुका साथै पठनपाठनमा समेत असफलता मिल्नेछ । शेयर कारोबारबाट घाटा बेहोर्नु पर्नाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।

मीन राशि 
दूधजन्य पदार्थबाट लाभ लिन सकिनेछ । लामो दुरीको यात्राको अवसर जुट्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नाले ठूला व्यक्तिले पनि प्रशंसा गर्न थाल्नेछन् । आर्थिक क्षेत्रमा वृद्धि हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ ।