कांग्रेस केन्द्रीय समिति बैठक असार १५ गते

302 Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितीका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ ।

505788969_3955493924725410_1875292451773665432_n.jpg