काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गर्नुभएको छ।
शुक्रबार काठमाडौंमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समितिकाे आयोजनामा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो ।
उहाँले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौतीसमेत दिनुभयो । उहाँले अन्याय गर्नेहरुको पतन हुने उल्लेख गर्दै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रहसमेत गर्नुभयो ।
अध्यक्ष नेपालले सुदूरपश्चिमका कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा समेत संगठन निर्माणमा तिब्रता दिन तल्लो कमिटीलाई निर्देशन दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया