काठमाडाैं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित गरेको हो ।
सरकारको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक पारित गर्न प्रश्ताव गर्नुभयो । प्रश्तावलाई सदनबाट सर्वसम्मतिले पारित गरिएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले कुनै पनि नियम कानून सधैँ पुरानै रहनुपर्ने भन्ने नहुने र काम गर्ने चरणमा देखिने समस्या सुधार गर्दै जानुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया