२०८२ साल जेठ ३० गते शुक्रबारकाे राशिफल

344 Shares

काठमाडाैं । २०८२ साल जेठ ३० गते शुक्रबार । तदनुसार १३ जुन २०२५ द्वितीया  तिथी २३ घडी ३२ पला उप्रान्त तृतीया  तिथी प्रारम्भ  हुनेछ । पूर्वषढा नक्षत्र ४४ घडी ५५ पला उप्रान्त उत्तरषाढा नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग बब करण । आज बिहान सूर्योदय ५ः०९ मा भयो भने सूर्यास्त ६ः५९ मिनेटमा हुनेछ । आज शुक्रबार चन्द्रमा धनु राशिमा । 

मेष राशि 
आर्थिक लेनदेनमा विवाद आउनेछ । सञ्चित धनको नाश हुनेछ। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । पारिवारिक समस्याले सताउनेछ। साझेदारी काममा बाधा आउनाले मानसिक तनाव बढेर जानेछ। 

वृष राशि 
बोलीको प्रभाव बढेर जानेछ । नयाँ साथीको आगमनले सधैँ काममा सफलता मिल्ने देखिन्छ । अध्ययन अध्यापनमा प्राप्त सफलताले सबैको प्यारो बनिने योग छ।

मिथुन राशि 
लेखनशैलीमा तीव्रता आउनेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । रोकिएका कामहरु पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जाने देखिन्छ ।

कर्कट राशि 
दाजुभाइमा मनमुटावको सिर्जना हुने देखिन्छ । गरिरहेको काममा बाधा आउने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ। जागिरमा अपजसको सामना गर्नुपर्नेछ । अनावश्यक विवाद बढेर जानेछ। 

सिंह राशि 
जग्गा जमिनसम्बन्धी काममा बाधा आउने छ । आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ । खर्चको मात्रा बढेर जाने देखिन्छ। स्थानीय सम्पत्तिमा ह्रास आउने देखिन्छ ।

कन्या राशि 
मानसम्मानमा वृद्धि भएर जानेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।

तुला राशि 
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। कृषि तथा चौपायाबाट लाभ लिन सकिनुका साथै पठनपाठनमा सफलता पाइने योग छ । आकस्मिकरूपमा धन लाभ लिन सकिनेछ। 

वृश्चिक राशि 
थोरै कुरामा वादविवादको सामना गर्नुपर्नेछ । आयमा कमी आउनका साथै पारिवारिक कलह बढेर जानेछ । आफन्तमा बहिरभाव आउनाले मनमा चिन्ता बढेर जानेछ। 

धनु राशि 
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । पशु तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। सौन्दर्यमा मन जानेछ । तरल पदार्थबाट मनग्य आम्दानी गर्न सकिने योग रहेको छ। 

मकर राशि 
अनावश्यकरूपमा विवाद बढेर जानेछ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर पारिवारिक मनमटावको सिर्जना हुनेछ। धन माल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ, सजक रहनुहोला 

कुम्भ राशि 
जग्गा जमिनसम्बन्धी काममा बाधा आउनेछ। विश्वास गरेका साथीभाइबाट धोका पाउने योग छ। गुप्ताङ्गसम्बन्धी समस्याले सताउने देखिन्छ । मान सम्मानमा आघात पुग्ने देखिन्छ ।

मीन राशि 
राजनीतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा उत्तरचढाव आउने देखिन्छ । चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ। राज्य पक्षबाट समेत कष्टता पाइने योग छ।