काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्ने बताउनुभएको छ।
सिंहदरबारमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सदनको अवरोध हटाउन कुनै न कुनै उपाय निकाल्नुपर्ने र अब बीचको उपाय खोजेर अघि बढ्नुपर्ने बताउनु भयो ।
अध्यक्ष नेपाल र अध्यक्ष दाहालबीच सिंहदरबारमा पछिल्ला समसामयिक राजनीतिक, अख्तियारको मुद्दा, संसदको अवरोधका विषयमा छलफल भएको छ ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘कुनै न कुनै उपाय निकाल्नुपर्छ भन्ने कुरामा नै अब बीचको उपाय खोज्ने भन्ने छ । अख्तियारको बारेमा त प्रधानमन्त्रीकै कुरा आइसकेको छ।’
अख्तियारको मुद्दाबारे सञ्चारकर्मीले गरेको प्रश्नमा अध्यक्ष नेपालले यसबारेमा प्रधानमन्त्रीले नै बोलिसक्नुभएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया