संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री

294 Shares

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय यता संसद अवरोध रहेको र संसदको अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गर्नुभयो । 

केही प्रतिपक्षी दलहरुले नियोजितरुपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागिपरेको बताउनु भयो । अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको बताउनु भयो । गृहमन्त्री लेखकले संसदको अवरोध चाँडै हट्नुपर्ने बताउनु भयो ।