‘सरकारलाई उद्योगको ताला बुझाएर विदेश पलायन हुने स्थिति नआओस्’: अध्यक्ष प्रधान

436 Shares

काठमाडाैँ । औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित समितिले सरकारलाई बुझाएको औषधि मूल्य नीति सुझावप्रति नेपाल औषधि उत्पादक सङ्घले विमति जनाएको छ । अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा बनाइएको समितिले मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेको हो । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेशप्रसाद प्रधानले औषधिको मूल्य समायोजन गर्ने पद्धतिमा आफूहरूको असहमति रहेको बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले औषधिको मूल्य निर्धारण तथा मूल्य समायोजनप्रति समितिको विधिमा सहमति रहेको जिकिर गर्नुभयो । उहाँले २०७५ साल माघ २ गते औषधिको मूल्यको बारेमा औषधि परामर्श परिषद्ले सरकारलाई दिएको विधिहरू लागू नभएको भन्दै गुनासो गर्नुभयो । उहाँले औषधि परामर्श परिषद्को सुझावहरू लागू नभएको अवस्थामा फेरि अर्को विधिअनुसार औषधिको मूल्य निर्धारणको कोसिस भएको भन्दै आपत्ति जनाउनु भयो ।

सङ्घका अध्यक्ष प्रधानले औषधि परामर्श परिषद्ले दिएको सुझाव अहिलेसम्म कार्यान्वयन नभएको अवस्थामा सशङ्कित हुन बाध्य बनाएको बताउनु भयो । उहाँले २०६४ सालमा मूल्य निर्धारण भएपछि अहिलेसम्म त्यो मूल्यमा परिमार्जन नभएको जिकिर गर्नुभयो । उहाँले नयाँ विधिले अरू पनि औषधि समेटेर बिगार्ने पो हो की ? भन्ने चिन्ता रहेको उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष प्रधानले उद्योगलाई खराब बाटोमा लैजाने हो कि भनेर सशङ्कित हुन आवश्यक रहेको बताउनु भयो । उहाँले प्रतिवेदनमा उल्लेख गरेको पद्धतिले उद्योगमाथि बढ्ने नभई तल झर्ने चिन्ता व्यक्त गर्नुभयो । नेपालका औद्योगिक क्षेत्र तथा औषधी उद्योगहरू घरायसी हुने स्पष्ट देखेकोले सशङ्कित  भएको उहाँले दोहोर्याउनु भयो ।

समिति गठन भएपछि छलफलहरू शुरु भए । समितिका एक दुई छलफलपछि मूल्यमा कुरा आएपछि देखि नै सङ्घले विमति जनाएको थालेको अध्यक्ष प्रधानले बताउनु भयो । उहाँले समितिका हरेक बैठकमा औषधी उद्योगहरू धराशायी हुन्छन् भनेर आफूले मात्रै नभई यस क्षेत्रका अन्य व्यक्तिहरूले समेत कुरा राखेको बताउनु भयो । उहाँले सो बेला नै प्रतिवेदनमा आफूहरूको सहमति नभए स्वीकार नगर्ने चेतावनी दिएको दाबी गर्नुभयो ।

उक्त समितिको सदस्य समेत रहनुभएका सङ्घका अध्यक्ष प्रधानले तलब, डलर बढ्ने, बिजुलीको बिल बढ्दा औषधिको मूल्य नबढ्नु दुःखद् हुने बताउनु भयो । उहाँले समितिका सदस्यहरूको पद्धतिलाई स्वीकार नगरेको बताउनु भयो । उहाँले वर्षमा १५ पटक गाडीको पेट्रोल र डिजेलको मूल्य बढ्दा १७ वर्षदेखि औषधीको मूल्य उहीँ रहेपछि सशङ्कित  बनाएको बताउनुभयो । उहाँले उक्त समितिले गरेका निर्णयहरू आफूहरूलाई स्वीकार नहुन पनि सक्ने बताउँदै निर्णयमा सहमति जनाउनुपर्छ भन्ने नरहेको जिकिर गर्नुभयो । 

तलब, बिजुलीको बिल, डिजेल र पेट्रोल बढ्ने, औषधिको मूल्य उही ? 
उक्त समितिको सदस्य समेत रहनुभएका सङ्घका अध्यक्ष प्रधानले तलब, डलर बढ्ने, बिजुलीको बिल बढ्दा औषधिको मूल्य नबढ्नु दुःखद् हुने बताउनु भयो । उहाँले समितिका सदस्यहरूको पद्धतिलाई स्वीकार नगरेको बताउनु भयो । उहाँले वर्षमा १५ पटक गाडीको पेट्रोल र डिजेलको मूल्य बढ्दा १७ वर्षदेखि औषधीको मूल्य उहीँ रहेपछि सशङ्कित  बनाएको बताउनुभयो । उहाँले उक्त समितिले गरेका निर्णयहरू आफूहरूलाई स्वीकार नहुन पनि सक्ने बताउँदै निर्णयमा सहमति जनाउनुपर्छ भन्ने नरहेको जिकिर गर्नुभयो ।

औषधि व्यवसायीहरूले उक्त प्रतिवेदनको प्रभाव भोलिका दिनमा जन सुरक्षित, असरयुक्त र गुणयुक्त औषधिहरू सेवाग्राहीले अत्यावश्यक परेको समयमा नपाउन सक्ने पीडादायी वातावरण सिर्जना गर्ने जिकिर गरेका छन् ।