काठमाडाैं । गृहमन्त्री रमेश लेखकले बजारमा वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्नको निम्ति सरकार लागिपरेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अर्थ व्यवस्थामा सरकारले सबै कुरा गरेर सम्भव नहुने उल्लेख गर्दै निजी क्षेत्रको लागि वातावरण निर्माण गर्न र सहजिकरण गर्नको लागि सरकारले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
दशैं तिहारको बेलामा बजारमा कालो बजारी हुने तथा वस्तुको कृत्रिम अभाव सिर्जना हुने गरेको उल्लेख गर्दै यस्तो हुन नदिनको लागि सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
उपक्ताको सहज बजारको अधिकारलाई सुनिश्चित गर्नको लागि प्रमुख जिल्ला अधिकरीमार्फत निर्देशन दिइसकेकोसमेत गृहमन्त्री लेखकले बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया