प्रतिनिधिसभाकाे बैठक आज पनि, यस्तो छ सम्भावित कार्यसूची

287 Shares

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ। 

संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी छ । ‘भिजिट भिसा’ प्रकरणलाई लिएर विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

गत जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटकपटक सहमतिका लागि दलहरूबीच छलफल भएपनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।