२०८२ साल जेठ २८ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

260 Shares

काठमाडाैं ।  २०८२ साल जेठ २८ गते बुधबार । तदनुसार ११ जुन २०२५ । पूर्णिमा  तिथी १९ घडी १ पला उप्रान्त प्रतिपदा  तिथी प्रारम्भ हुनेछ । ज्येष्ठा नक्षत्र ३७ घडी ४९ पला उप्रान्त मुल नक्षत्र प्रारम्भ हुनेछ । साध्य योग बालब करण । आज बिहान सूर्योदय ५ः०९ मा भयो भने सूर्यास्त ६ः५८ मिनेटमा हुनेछ । आज बुधबार चन्द्रमा बृश्चिक राशिमा ।

मेष राशि
कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । आयमा वृद्धि भएर जानेछ। साथीभाइको सरसहयोगले कार्यमा सफलता प्राप्त गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ ।

वृष राशि 
बाेलीको प्रभाव बढेर जानेछ । शैक्षिक क्षेत्रमा सुधार भएर जानुका साथै व्यापार व्यवसायमा प्राप्त सफलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। 

मिथुन राशि 
पारिवारिक कलह बढेर जानेछ । वैदेशिक कार्यमा बाधा आउनुका साथै मुद्दा मामिलामा फसिने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाउनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।

कर्कट राशि 
मात्रै स्वास्थ्यमा कमी आउने देखिन्छ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । व्यापार व्यवसायमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। 

सिंह राशि 
आयआर्जनमा वृद्धि भएर जानेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । अनावश्यक विवादको अन्त्य भएर जानेछ । भोजभतेरमा सहभागी भइनाले मनमा खुसी छाउने छ ।

कन्या राशि 
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्ने छ। मान्यजनको सरसहयोगले कार्यमा सफलता प्राप्त हुने देखिन्छ । शत्रु पक्षबाट तपाईंकै जित हुने योग छ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। 

तुला राशि 
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । शारीरिक आलस्यता बढेर जानेछ । कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

वृश्चिक राशि 
अधुरा काम पुरा भएर जानेछ । आफन्तको सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखनशैलीमा तीव्रता आउनेछ। 

धनु राशि 
गरिरहेको काममा बाधा आउनेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । आफन्तमा बहिरभाव आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ । मानसम्मानमा अघात पुग्ने देखिन्छ ।

मकर राशि 
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बोलीमा सुधार भएर जानेछ । जग्गा जमिनबाट राम्रै आम्दानी गर्न सकिनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने देखिन्छ । 

कुम्भ राशि 
जग्गा जमिनसम्बन्धी समस्याले सताउने छ। स्थानान्तरणको योग रहेको छ । साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ । पारिवारिक कलह बढेर जानाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।

मीन राशि 
न्यायिक कार्यमा बाधा आउनेछ। बोलीमा कठोरता  आउनेछ। जग्गा जमिनमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । अध्ययन अध्यापनमा बाधा आउनाले मानसिक तनाव बढेर जानेछ।