काठमाडौं । २०८२ साल जेठ २७ गते मंगलबार तदनुसार १० जुन २०२५ । चतुर्दशी तिथी १५ घडी १० पला उप्रान्त पूर्णिमा तिथी प्रारम्भ हुनेछ । अनुराधा नक्षत्र ३२ घडी ३८ पला उप्रान्त ज्येष्ठा नक्षत्र प्रारम्भ हुनेछ । सिद्ध योग भर करण । आज बिहान सूर्योदय ५ः०९ मा भयो भने सूर्यास्त ६ः५८ मिनेटमा हुनेछ । आज मंगलबार चन्द्रमा बृश्चिक राशि ।
मेष राशि
सामाजिक कार्यमा समय व्यतित हुने देखिन्छ। स्थानीय सम्पत्तिमा वृद्धि भएर जाने देखिन्छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । धार्मिक कार्यमा समय व्यतीत हुने देखिन्छ ।
वृष राशि
पराक्रम बढेर जानेछ । शैक्षिक कार्यमा सुधार भएर जानुका साथै पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिने योग छ। शेयर कारोबारबाट लाभ मिल्न सक्ने देखिन्छ ।
मिथुन राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । अनावश्यक विवाद बढेर जानेछ । पठनपाठनमा ह्रास आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।
कर्कट राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । विलासिताका सामानमा खर्चको मात्रा बढेर जाने देखिन्छ । सजक रहनुहोला।
सिंह राशि
माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ। भोजभतेरमा सामेल भइनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ ।
कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइनेछ । आयमा वृद्धि भएर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । लेनदेनमा वृद्धि भएर जानाले मनमा खुशी छाउनेछ ।
तुला राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । पारिवारिक कलह बढेर जानेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुपर्ने देखिन्छ ।
वृश्चिक राशि
बाेलीको प्रभाव बढेर जानेछ । सौन्दर्यमा मन जानेछ। धार्मिक कार्यमा सहभागी हुनाले मनमा उत्साह बढेर जानेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ।
धनु राशि
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना वृद्धि भएर जानेछ। शैक्षिक क्षेत्रमा बाधा आउनुका साथै शेयर कारोबारबाट राम्रा आम्दानी गर्न सकिने देखिन्छ ।
मकर राशि
दाम्पत्य जीवनमा खुशियाली छाउनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ ।
कुम्भ राशि
काममा ढिलासुस्ती भएर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । शैक्षिक क्षेत्रमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
मीन राशि
न्यायिक कार्यमा तपाईँकै जित हुनेछ । आयमा वृद्धि भएर जाने योग छ। लेखनशैलीमा तीव्रता आउनेछ । राम्रै आम्दानी हुँदा मनमा उत्साह र खुसी छाउनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया