देशका सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्नेमा देउवाकाे जाेड

293 Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ रित्तो भइसकेको बताउनुभएको छ । 

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताउँदै उहाँले सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको बताउनु भयो । पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने बताउनु भयो । सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्ने बताउनु भयो । 

उहाँले जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताउँदै हिउँ पग्लिरहेको र हिमाल नाङ्गो भइसकेको बताउनु भयो । उहाँले यसले भविष्यमा नेपाललाई ठूलो असर पर्ने बताउनु भयो । नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक रहेको र जलवायु परिवर्तनको समस्या नेपालमा विकराल रहेको बताउनु भयो । 

सभापति देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको बताउनु भयो । ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको उहाँकाे भनाइ थियाे ।