स्थानीय तहको संख्या ५ सय बनाउन छलफल शुरु भएको छः सचिव भट्टराई

340 Shares

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढीभन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ। 

आज राजधानीमा आयोजित संघीयतामा बजेटसम्बन्धी कार्यक्रममा उहाँले अहिले पनि केन्द्रीकृत मानसिकता हावी भइरहेको र त्यसलाई संघीयता प्रभावकारीरुपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताउनुभएको हो । सचिव भट्टराईका अनुसार स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्छ । 

स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै संघीयतालाई प्रभावकारी बनाइँदै लगिने बताउनु भयो । उहाँले अनौपचारिक हिसाबले ५ सय स्थानीय तहको संख्या बनाउनेबारे छलफल चलिरहेको बताउनु भयो । यसबारे पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने बताउँदै उहाँले मुलुकमा विकासको विस्तार भएको र गुणस्तर र प्रतिफलमुखी बनाउनसके  मुलुकको अर्थतन्त्र पनि बलियो हुने बताउनु भयो ।