संविधान समय र परिस्थिती अनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई

276 Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थिती अनुसार संशोधन गर्न सकिने बताउनुभएको छ। 

सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द मन्त्री राईले यस्तो बताउनुभएको हो । गैरआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनु भयो । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय भएको पनि उहाँले बताउनु भयो । उहाँले नेपालको संविधान अपरिवर्तनीय नभनिएको बताउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गर्नुभयो । 

मन्त्री राईले नेपालले केही सीमानाहरु गुमाउनु परेको भएपनि नेपाल स्वतन्त्र देश रहेको बताउँदै नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताउनु भयो ।