अमेरिकाबाट निष्कासित ३७ नेपाली काठमाडौं आइपुगे

500 Shares

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ नेपाली काठमाडौं आइपुगेका छन् । 

अमेरिकाले उनीहरुलाई चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको हो । नेपालीहरू सवार अमेरिकी चार्टर्ड विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली फर्किएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्याौपानेले जानकारी दिएका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काइरहेको छ ।

अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ । ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे सम्ममा १४० नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।