२०८२ साल जेठ २६ गते सोमबारः यस्ताे छ आजकाे राशिफल

278 Shares

काठमाडौँ । २०८२ साल जेठ २६ गते सोमबार । तदनुसार ९ जुन २०२५ त्रयोदशी तिथी १० घडी ३३ पला उप्रान्त चतुर्दशी  तिथी प्रारम्भ  हुनेछ । बिशाषा नक्षत्र २६ घडी ३८ पलाउ प्रान्त । अनुराधा नक्षत्र प्रारम्भ हुनेछ । आज बिहान सूर्योदय ५ः०९ मा भयो भने सूर्यास्त ६ः५७ मिनेटमा हुनेछ। आज सोमबार चन्द्रमा तुला राशिमा ।

मेष राशि 
पारिवारिक सरसहयोगले कार्यमा सफलता पाइने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लेखनशैलीमा तीव्रता आउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। 

वृष राशि 
आँखासम्बन्धी समस्याले सताउने छ । दौडधुपमा समय व्यतीत भएर जानेछ। आफन्तबाट धोका पाइने योग छ । यात्रामा बाधा आउनुका साथै कृषि तथा चौपायबाट हानी हुने देखिन्छ। 

मिथुन राशि 
अध्ययन अध्यापनमा बाधा आउनेछ । मात्रै स्वास्थ्यमा समस्या आउने योग छ । धार्मिक कार्यमा ह्रास आउनुका साथ राजनीतिक क्षेत्रबाट धोका पाउनाले मनमा चिन्ता बढेर जानेछ। 

कर्कट राशि 
पराक्रम बढेर जानेछ । नयाँ कार्यको थालनी हुनेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । न्यायिक कार्यमा सफलता पाइने योग छ। 

सिंह राशि 
बोलीको प्रभाव बढेर जानेछ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। धनमाल जोडिने सम्भावना बढेर गएको छ। व्यवसायमा वृद्धि भएर जाने देखिन्छ ।

कन्या राशि 
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ। जागिरमा विवादको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जानेछ। 

तुला राशि 
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ ।

वृश्चिक राशि 
खर्चको मात्रा बढेर जानेछ । अनावश्यकरुपमा विवाद बढेर जानेछ। चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । न्यायिक कार्यमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। 

धनु राशि 
अधुरा कामहरू पुरा भएर जानेछन् । पारिवारिक सरसहयोग पाइने योग छ । पठनपाठनमा सफलता प्राप्त गर्न सकिनेछ । स्थानीय सम्पत्तिमा वृद्धि हुनका साथै आफन्तको सरसहयोग पाइने योग छ।

मकर राशि 
न्यायिक तथा प्रशासनिक काममा बाधा आउनेछ । दाजुभाइमा थोरै कुरामा विवादको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जानेछ ।

कुम्भ राशि 
सन्तान पक्षबाट कष्टता पाइने योग छ। पठनपाठनमा बाधा आउने देखिन्छ । शारीरिक आलस्यताले सताउनका साथै राज्य पक्षबाट समेत धोका पाइने देखिन्छ । 

मीन राशि 
मानसम्मानमा वृद्धि भएर जानेछ। व्यापार व्यवसायमा सुधार हुने देखिन्छ । श्रीमान श्रीमतीबीच माधुर्यता छाउने छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्।