315
Shares
काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ ।
आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जोन्छेको जीवनीबाट प्रेरणा लिएर काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउनु भयो ।
उहाँले शहीद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरु लेखेर जनमानसमा पुर्याउनुपर्ने बताउनु भयो । उहाँको प्रेरणाबाट युवाहरुले धेरै कुराहरु सिक्न सक्ने जिकिर गर्नुभयो । आफूले मन्त्री बनाउन चाहेको भएपनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गर्दै सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया