काठमाडाैं । २०८२ साल जेठ २५ गते आइतबार, तदनुसार ८ जुन २०२५ । द्वादशी तिथी ५ घडी ३२ पला उप्रान्त त्रयोदशी तिथी प्रारम्भ हुनेछ । स्वाती नक्षत्र २० घडी १० पला उप्रान्त बिशाषा नक्षत्र प्रारम्भ हुनेछ । पद्य योग बयब करण ।आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ६ः५७ मिनेटमा हुनेछ। आज आइतबार चन्द्रमा तुला राशिमा ।
मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा मिठास छाउनेछ । साथीभाइको सरसहयोग पाउनुका साथै पारिवारिक सरसहयोगले मनमा उत्साह बढेर जाने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।
वृष राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन्। लेखनशैलीमा कमी आउनेछ। आँखासम्बन्धी समस्याले सताउनेछ। बोलीमा आएको परिवर्तनले काममा समेत बाधा आउने देखिन्छ ।
मिथुन राशि
अनावश्यक विवाद बढेर जानेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । राज्यपक्षबाट केही कष्टता पाइने हुँदा सजगताका साथ अगाडि बढ्नुहोला ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। बोलीमा मिठास छाउनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। बोलीमा आएको मिठासले सबैको प्यारो बनिनेछ । पराक्रममा वृद्धि भएर जाने देखिन्छ ।
सिंह राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। पुराना साथीभाइ सँग भेट हुनाले रमाइलो समय व्यतीत गरिनेछ। मानसम्मान पाइने योग रहेको छ। पारिवारिक सरसहयोग मिल्ने देखिन्छ ।
कन्या राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्नेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ ।
तुला राशि
बाेलीको प्रभाव बढेर जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ । दाम्पत्य जीवनमा मिठास छाउनेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नाले मनमा खुसी छाउनेछ ।
वृश्चिक राशि
शारीरिक समस्याले सताउनेछ । खर्चको मात्रा बढेर जानेछ। आफन्तमा मतभेद रहनुका साथै धार्मिक कार्यमा समेत बाधा आउने देखिन्छ। सजगता अपनाउनु पर्ने देखिन्छ ।
धनु राशि
बौद्धिक कार्यमा सफलता पाइने योग छ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जाने छ।
मकर राशि
न्यायिक कार्यमा बाधा आउने देखिन्छ । विलासिताका सामान खरिद गरिने योग छ। यात्रामा बाधा तथा बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ।
कुम्भ राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन्। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । साथीभाइबाट अपहेलित हुनुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ ।
मीन राशि
सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । आफन्तको सरसहयोगले लामो समयदेखि रोकिएको कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया