शहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जति चलखेल छ: वर्षमान पुन

361 Shares

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकार अन्तर्गत राखेको बताउनुभएको छ । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकार अन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताउनुभएको हो । उहाँले सरकारले ३ करोडभन्दा कम बजेटका आयोजनाहरु संघ अन्तर्गत नराखिएको दाबी गरिरहेको तर शहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाएको दाबी गर्नुभयो । शहरी विकास मन्त्रालयको विनियोजित बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रहेको छ । यो कुल बजेटको ६.०३ प्रतिशत हो । 

मन्त्रालयको आगामी बजेट चालु वर्ष २०८१/८२  को तुलनामा २७.७५ प्रतिशतले बढेको छ  । अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाखको बजेट विनियोजन गरेको थियो । बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेको बताउनु भयो । शहरी विकास मन्त्रालय एउटैमा मात्रै पनि ३२ अर्ब चलखेल भएको देखिने बताउनु भयो । उहाँले योजनाहरु आफूखुशी राखेको स्पष्ट देखिएको पनि बताउनु भयो । 

बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको बताउँदै उहाँले संविधान जारी भएपछि माओवादी केन्द्रले विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्ना धारणा राखेको बताउनु भयो । नीति तथा कार्यक्रममाथि पनि पहिलो पटक आफ्ना धारणा राखेको जिकिर गर्नुभयो ।