बदलाको भावनाले म माथि भ्रष्टाचारको मुद्दा दायर गरियो, चुनौतीको सामना गर्छुः अध्यक्ष नेपाल

337 Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताउनुभएको छ।

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको राजनीतिमा आफ्नो पार्टीको भुमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताउँदै उहाँले पार्टीको भुमिका देखेर आतंकित भएको र पूर्वाग्रह राखेर मुद्दा चलाएको बताउनु भयो । आफूले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताउनु भयो । आफूमाथिको चुनौतिको सामना गर्ने उहाँले बताउनु भयो । 

अध्यक्ष नेपालले असल उद्देश्यकालागि  गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभयो । आफूबाट कुनै भ्रष्टाचारजन्य काम नभएको दाबी गर्दै विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुने बताउनु भयो ।